अरू महिलाहरूसित भेट्दा मैले कसरी मदत पाउन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%85%E0%A4%B0%E0%A5%82_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B8%E0%A4%BF%E0%A4%A4_%E0%A4%AD%E0%A5%87%E0%A4%9F%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%AE%E0%A5%88%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AE%E0%A4%A6%E0%A4%A4_%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

अरू महिलाहरूसित भेट्दा तपाईंले मदत पाउन सक्नुहुन्छ:

  • मदत प्राप्त गर्नुहोस्: मानसिक समस्याले महिलाहरूमा शक्ति नरहनेगरि तिनीहरूलाई असर गर्न सक्छ र निराश बनाउन सक्छ। सँगै अरू महिलासित भेट्दा तिनीहरूले बल प्राप्त गर्नेछन् र त्यसले दैनिक आउने समस्यासित लड्न मदत पाउनेछन्।
  • आफ्नो भावना चिन्‍नुहोस्: कहिलकाहीं महिलाहरूले आफ्नो भावना लुकाउँछन् (वा त्यस्ता भावना छन् भनेर थाहा पनि नहुन सक्छ), किनभने त्यस्ता भावना खराब, खतरनाक वा लाज मर्दो हुन सक्छ। अरूले आ-आफ्ना भावनाबारे कुरा गर्दा सुन्‍ने व्यक्तिले आफ्नो भावना पनि केलाउन मदत पाउछन्।
  • सोच-विचार नगरी प्रतिक्रिया देखाउने नगर्नुहोस्: समूहका सदस्यहरूले कुनै महिलालाई आफ्नो समस्याबारे गहिरिएर सोच्‍न मदत दिनुपर्छ। यसो गर्दा तिनले सोच-विचार नगरी कदम चाल्ने छैनन्।
  • समस्याको भित्री कारण बुझ्‍नुहोस्: एकआपसमा मिलेर कुराकानी गर्दा धेरै जसो

महिलाहरू एकैनासे समस्याले पिडित रहेछन् भनेर तिनीहरूरे याद गर्नेछन्। यसो गर्दा आफ्नो समस्याको मुख्य कारण पत्ता लगाउन मदत मिल्नेछ।

  • समस्याको समाधानका लागि सुझाव दिनुहोस्: कुनै महिलाले आफैले निकालेको समाधान भन्दा समूहमा छलफल गरिएका सुझावहरूलाई स्विकार गरेर लागू गर्न सजिलो हुन्छ।
  • संयुक्त शक्ति विकास गर्नुहोस्: कुनै महिलाले एक्लै काम गर्नुभन्दा सँगै मिलेर गर्दा सफल हुन्छ वा त्यसमा धेरै शक्ति हुन्छ।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011515