अशक्तता भएका महिलाहरूको आत्मसम्मान किन कम हुन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%85%E0%A4%B6%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%A4%E0%A4%BE_%E0%A4%AD%E0%A4%8F%E0%A4%95%E0%A4%BE_%E0%A4%AE%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A4%BE%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%95%E0%A5%8B_%E0%A4%86%E0%A4%A4%E0%A5%8D%E0%A4%AE%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A8_%E0%A4%95%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A4%AE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

अशक्तता भएका महिलाहरू प्रायजसो हेपिन्छन्। तिनीहरूलाई विवाहको लागि अयोग्य जोडी ठानिन्छ वा काम गर्ने ठाउँमा तिनीहरूको विषयमा 'गलत' छाप पारिन्छ। अशक्तता भएका किशोरी तथा महिलाहरूको लागि शिक्षा उपलब्ध भए तापनि तिनीहरू शिक्षाबाट वञ्‍चित हुन्छन्। उदाहरणको लागि अशक्तता भएका बच्चाहरूको लागि विशेष स्कुलमा केटाहरूले प्राथमिकता पाउँछन्।

अशक्तता भएका महिलाहरूले कुनै व्यवसायिक तालिम पाउने सम्भावना पनि कमै हुन्छ। तिनीहरूलाई शारिरीक, भावनात्मक र यौन दुर्व्यवहार गरिन्छ। सामान्य पुरूष र महिलाहरूको ठिक विपरीत अशक्तता भएकाहरूसित घरमा वा समाजमा आफ्नो निर्णय आफै गर्ने अधिकार हुँदैन।

साथै, अशक्तता भएका महिलाहरूलाई समाजले नै आफ्नो मोल गर्न सिकाउँदैन। तिनीहरूलाई विवाहित हुन र बच्चा जन्माउँन असक्षम अनि अर्थपूर्ण काम गर्न पनि नसक्ने भनेर ठानिन्छ। त्यसैले तिनीहरू काम नलाग्‍ने व्यक्तिको रूपमा हेरिन्छन्। परिवारका सदस्यहरू माझ समेत तिनीहरूले आफूलाई काम लाग्दो प्रमाणित गरे भने मात्र परिवारका सदस्यहरूले पनि तिनीहरूलाई मूल्यवान ठान्‍छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011104