एच.आइ.भि कसरी फैलिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%8F%E0%A4%9A.%E0%A4%86%E0%A4%87.%E0%A4%AD%E0%A4%BF_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%AB%E0%A5%88%E0%A4%B2%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

एच.आइ.भि संक्रमण भएको व्यक्तिको शरीरबाट निस्किने तरल पदार्थ जस्तै, रगत, वीर्य, आमाको दूध र योनीबाट निस्किने तरल पदार्थमा एच.आइ.भि का जीवाणुहरू बस्छन्। संक्रमित व्यक्तिको शरिरबाट निस्किएको तरल पदार्थ अर्को व्यक्तिको शरीरभित्र पसेमा एच.आइ.भि का भाइरसहरू फैलिन्छन्।

एच.आइ.भि यी माध्ययमबाट फैलिन सक्छ:

  • एच.आइ.भि संक्रमित व्यक्तिसित असुरक्षित यौन सम्बन्ध राखेमा। यही माध्यमबाट एच.आइ.भि सबैभन्दा धेरै सर्ने गर्छ।
  • किटाणुरहित नबनाइएको सुइ वा सिरिन्ज वा छाला छेंड्न वा काट्न प्रयोग गरिएको औजारहरूबाट पनि सर्छ।
  • रगतमा एच.आइ.भि को जाँच नगरी रक्तक्षेपण गर्दा यो रोग सर्छ।
  • बुबा वा आमा संक्रमित छन् भने गर्भावस्था, बच्चा जन्माउँदा वा स्तनपान गराउँदा पनि सर्न सक्छ।
  • संक्रमित रगत अर्को व्यक्तिको काटिएको वा खुला घाउमा पसेमा पनि सर्न सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011004