कस्ता कारणहरूले रक्तअल्पताका हुन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE_%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%A3%E0%A4%B9%E0%A4%B0%E0%A5%82%E0%A4%B2%E0%A5%87_%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%A4%E0%A4%85%E0%A4%B2%E0%A5%8D%E0%A4%AA%E0%A4%A4%E0%A4%BE%E0%A4%95%E0%A4%BE_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

रक्तअल्पता हुने सबैभन्दा मुख्य कारण आइरनयुक्त खानेकुरा पर्याप्त मात्रामा नखाएकोले गर्दा हुन्छ। किनभने रातो रक्तकोष बनाउन आइरन आवश्यक हुन्छ।

अन्य कारणहरू:

मलेरिया, यसले रातो रक्तकोषलाई नष्‍ट गर्छ।

विभि‍न्‍न तरिकामा रगत बग्दा, जस्तै:

  • महिनावारीको बेला धेरै रगत बग्दा (पाठेघरमा राखिने सामाग्री अर्थात् आइ.यु.डि -ले गर्दा पनि धेरै रगत बग्‍न सक्छ)
  • बच्चा जन्मिंदा
  • परजीवी र जुकाले गर्दा हुने आउँ पर्दा (रगतमासी)
  • रगत बग्‍ने पेटको अल्सरले गर्दा
  • घाउबाट धेरै रगत बगेकोले गर्दा


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010416