के गर्दा एच.आइ.भि सर्दैन

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A4%BE_%E0%A4%8F%E0%A4%9A.%E0%A4%86%E0%A4%87.%E0%A4%AD%E0%A4%BF_%E0%A4%B8%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88%E0%A4%A8

एच.आइ.भि -का जिवाणुहरू मानव शरीर बाहिर निस्के भने केही मिनेटभन्दा कम समयमै मर्छन्। यी जिवाणुहरू हावामा वा पानीमा बाँच्‍न सक्दैनन्।

यसको मतलब यी कुराहरूबाट एच.आइ.भि सर्दैन:

  • छुँदा, म्वाइँ खाँदा वा अङ्गालो मार्दा
  • खाना सँगै खाँदा (जुठोबाट सर्दैन)
  • एउटै ओछ्यानमा सुत्दा
  • दिइएको निर्देशन पछ्याउँदै, एकै ठाउँमा लुगा, रूमाल, तन्‍ना धुँदा वा एउटै शौचालय प्रयोग गर्दा
  • दिइएको निर्देशन पछ्याउँदै एच.आइ.भि वा एड्स लागेको बिरामीको हेरबिचार गर्दा
  • किराले टोक्दा
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011005