के मैल परिवार नियोजनको विषयमा सोच्‍नुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%87_%E0%A4%AE%E0%A5%88%E0%A4%B2_%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B5%E0%A4%BE%E0%A4%B0_%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%95%E0%A5%8B_%E0%A4%B5%E0%A4%BF%E0%A4%B7%E0%A4%AF%E0%A4%AE%E0%A4%BE_%E0%A4%B8%E0%A5%8B%E0%A4%9A%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

थुप्रै अशक्त महिलाहरूलाई यौन वा परिवार नियोजनको विषयमा केही जानकारी हुँदैन। तैपनि थुपै अशक्त र शरीरको तल्लो भागमा केही महसुस गर्न नसक्ने महिलाहरू पनि गर्भवती हुन्छन्। त्यसैले तपाईं यौन सम्बन्ध राख्‍ने र गर्भधारण नगर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंले परिवार नियोजनका विधिहरू अपनाउनुपर्छ।

तपाईंलाई उपयुक्त हुने परिवार नियोजनको विधि छान्‍न मदत गर्ने केही निर्देशिका यहाँ छन्:

तपाईंलाई मस्तिष्कघात भएको थियो वा हिंडडुल गर्न सक्नुहुन्‍न वा बसिरहनुपर्ने वा सुतिरहनुपर्ने अवस्था छ भने परिवार नियोजनको हर्मोन लिने विधि नअपनाउनुहोस्। गर्भ निरोधक चक्की, सुई वा शरीरभित्र राखिने हर्मोनको प्योकेट जस्ता बिधिहरू नअपनाउनुहोस्। यसले रगत जम्‍ने समस्या हुन सक्छ।

शरीरको तल्लो भागमा केही महसुस गर्न सक्नुहुन्‍न वा थोरै मात्र महसुस गर्न सक्नुहुन्छ भने पाठेघरमा राखिने परिवार नियोजनका सामग्री (इन्ट्रा युटेरिन डिभाइस) नराख्‍नुहोस्। यो सामग्री सही तरिकामा राखिएको छैन भने यौनजन्य संक्रमण हुन सक्छ। संक्रमण भएको महसुस भएन भने संक्रमण भएको कुरा थाह पाउन सकिंदैन।

तपाईंको हात राम्ररी चल्दैन भने वीर्य छिर्न नदिने उपाय अपनाउन गाह्रो हुन सक्छ। यी उपाय हुन्: डायफ्राग्म, महिलाले लगाउने कन्डम वा फम। तपाईलाई अप्ठ्यारो महसुस हुँदैन भने आफ्नो जोडीलाई यी कुराहरू लगाइदिने आग्रह गर्न सक्नुहुन्छ।

तपाईंको अशक्तता समयको दौडान परिवर्तन हुन्छ भने परिवार नियोजनका उपाय पनि परिवर्तन गर्नुपर्ने हुन सक्छ।

कन्डम प्रयोग गर्दा गर्भधारण हुन रोक्‍ने मात्र नभइ यौनजन्य संक्रमण वा एच.आइ.भि -बाट पनि जोगाउँछ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011111