के म पनि यौन सम्बन्धबाट सन्तुष्‍टि पाउन सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%87_%E0%A4%AE_%E0%A4%AA%E0%A4%A8%E0%A4%BF_%E0%A4%AF%E0%A5%8C%E0%A4%A8_%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%B8%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%81%E0%A4%B7%E0%A5%8D%E2%80%8D%E0%A4%9F%E0%A4%BF_%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

थुप्रै मानिसहरूले अशक्तता भएका महिलाले यौन सम्बन्ध राख्‍न सक्दैनन् वा त्यस्तो महसुस गर्नु हुँदैन भन्‍ने धारणा राख्छन्। अशक्त महिलाहरू कसैसँग नजिक हुन चाहने वा प्रेम सम्बन्ध राख्‍ने वा आमा बन्‍ने भन्‍ने जस्ता कुरा आशा गरिंदैन। तर अरूहरू जस्तै अशक्त महिलाहरूमा पनि कसैसित नजिक हुने र यौन सम्बन्ध राख्‍ने चाहना हुन्छ।

तपाईं अशक्त भएर जन्मनुभएको थियो वा तपाईं सानो छँदा यस्तो अवस्था आइपरेको थियो भने यौन रूपमा आकर्षक छु भनेर आफूलाई विश्वास गर्न गाह्रो हुन सक्छ। अरू अशक्त महिला जसले डरको सामना गर्न सफल भए, तिनीहरूसित कुरा गर्नु धेरै राम्रो हुन्छ। यसो गर्दा आफ्नो बारेमा फरक सोचाइ राख्‍न मदत मिल्नेछ। तर तपाईंले धैर्य गर्नुपर्छ। किनभने लामो समयदेखि राख्‍नुभएको सोचाइलाई हटाउन समय लाग्छ।

यदि तपाईं भर्खरै अशक्त हुनुभएको महिला हुनुहुन्छ भने आफूलाई यौन सम्बन्ध राख्‍न सक्ने व्यक्तिको रूपमा हेर्नुहुन्छ होला। तर तपाईंले अब उपरान्त पनि यौनको आनन्द उठाइरहन सक्नुहुन्छ भनेर सायद सोच्‍नुभएको छैन होला। आफू यौनको लागि आकर्षक छैन र अब यौन सम्बन्ध आफ्नो लागि पहिलेको जस्तो नभइ फरक हुनेछ भनेर निरास हुनुहुन्छ होला।

अशक्त नभएका महिलाहरूले यौनबारे पढ्ने जानकारीहरू सबै अशक्त महिलाहरूले पनि पढेर मदत पाउन सक्छन्। यौनको विषयमा तिनीहरूसित कुरा गर्नुहोस् र भरोसायोग्य शिक्षक, स्वास्थ्यकर्मी र अरू अशक्त महिलासित कुरा गर्ने कोसिस गर्नुहोस्।

तपाईं र तपाईंको जोडीले एक-अर्कालाई कसरी खुसी पार्ने भनेर विभिन्‍न तरिका अपनाएर हेर्नुपर्छ। उदाहरणको लागि तपाईंको हात वा यौन अङ्गमा कुनै महसुस हुँदैन भने यौन सम्बन्धको दौडान शरीरको कुन अङ्गले यौन इच्छा पैदा गर्छ भनेर पत्ता लगाउनुपर्छ। जस्तै: कान वा स्तन वा गर्दन। अशक्तताले गर्दा तपाईंको योनीमार्फत गरिने यौन सम्बन्ध गाह्रो भएको छ भने अरू तरिकाहरूले मदत दिन सक्छ। तपाईं विभिन्‍न आसनमा पनि गरेर हेर्न सक्नुहुन्छ। जस्तै: कोल्टो परेर वा मेचको छेउमा बसेर। तपाई र तपाईंको जोडीले खुलस्त कुराकानी गर्नुभयो भने सन्तोषजनक यौन सम्बन्ध राख्‍न सम्भव हुन्छ। तर तपाईंलाई यौन सम्बन्ध सन्तोषजनक लागेन भने पनि निरन्तर राखिरहनुपर्छ भन्‍ने छैन। तपाईंको वास्तै नगर्ने व्यक्तिसित पनि यौन सम्बन्ध राख्‍नु आवश्यक छैन।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011110