क्षयरोग भनेको के हो टि.बि

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AF%E0%A4%B0%E0%A5%8B%E0%A4%97_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%95%E0%A5%87_%E0%A4%B9%E0%A5%8B_%E0%A4%9F%E0%A4%BF.%E0%A4%AC%E0%A4%BF

टि.बि अर्थात् क्षयरोग स-साना किटाणु वा ब्याक्टेरियाले गर्दा हुन्छ। महिलाको शरीरमा यो किटाणु छिरेपछि तिनलाई क्षयरोग लाग्छ र जीवनभरि नै लाग्‍न सक्छ। स्वस्थ मानिस यस रोगसित लड्न सक्छ र लगभग संक्रमण भएका १० जनामा १ जनालाई आफ्नो जीवनकालमा क्षयरोग लाग्‍न सक्छ।

यदि कुनै व्यक्ति कमजोर छ, कुपोषण वा मधुमेह लागेको छ, धेरै सानो वा धेरै वृद्ध छ वा एच.आइ.भि संक्रमित छ भने क्षयरोगले तिनको शरीरलाई आक्रमण गर्न सक्छ। प्रायजसो यो फोक्सोमा हुन्छ। क्षयरोगका किटाणुले तन्तुका सबै प्वालहरू खाइदिन्छ र साना रक्तनलीलाई ध्वस्त पारिदिन्छन्। शरीरले यस रोगसित लड्ने कोसिस गर्छ र ती प्वालहरू पिप र थोरै मात्रा रगतले भरिन्छन्।

उपचार गरिएन भने शरीर कमजोर हुँदै जान्छ र क्षयरोग लागेको व्यक्तिको ५ वर्षपछि मृत्यु हुन्छ। तर कुनै व्यक्तिलाई एच.आइ.भि र क्षयरोग दुवै लागेको छ र उपचार गरिएन भने उक्त व्यक्तिको केही महिनामा नै मृत्यु हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011604