क्षयरोग लागेको छ भनेर कसरी थाह पाउन सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AF%E0%A4%B0%E0%A5%8B%E0%A4%97_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%87%E0%A4%95%E0%A5%8B_%E0%A4%9B_%E0%A4%AD%E0%A4%A8%E0%A5%87%E0%A4%B0_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%A5%E0%A4%BE%E0%A4%B9_%E0%A4%AA%E0%A4%BE%E0%A4%89%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

क्षयरोग लागेको व्यक्तिलाई ३ हप्ताभन्दा लामो समय खोकी लाग्‍न सक्छ र खकारमा रगत पनि देखा पर्छ (फोक्सोबाट निस्कने)। यी दुई सामान्य लक्षण हुन्। साथै, खाना खान मन नलाग्‍ने र वजन घट्ने, ज्वरो आउने, थकित हुने र राती पसिना आउने पनि केही लक्षणहरू हुन्।

कुनै व्यक्तिलाई क्षयरोग लागेको पक्का गर्ने तरिका भनेको खकारको परीक्षण गरेर हो, थुकको होइन। फोक्सोको भित्री भागबाट खकार निकाल्न उक्त व्यक्तिले बेस्सरी खोक्नुपर्छ। त्यसपछि प्रयोगशालामा यस खकारमा क्षयरोगका किटाणुहरू छन् कि छैनन् भनेर परीक्षण गरिन्छ (पोजिटिभ)।

महत्त्वपूर्ण: एच.आइ.भि लागेकाहरूलाई प्रायजसो क्षयरोगको संक्रमण हुने भएकोले सबै एच.आइ.भि संक्रमितहरूलाई क्षयरोगको परीक्षण गराउनुपर्छ। यदि क्षयरोग पोजिटिभ भएको अर्थात् लागेको कुरा पत्ता लगाइयो भने उक्त व्यक्तिलाई तुरुन्तै उपचार गराउनुपर्छ। एच.आइ.भि संक्रमण धेरै हुने देशहरूमा क्षयरोग लागेका सबैलाई एच.आइ.भि परीक्षण गराउनुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011606