क्षयरोग लाग्‍न नदिन म के गर्न सक्छु

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%AF%E0%A4%B0%E0%A5%8B%E0%A4%97_%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%8D%E2%80%8D%E0%A4%A8_%E0%A4%A8%E0%A4%A6%E0%A4%BF%E0%A4%A8_%E0%A4%AE_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A5%8D%E0%A4%9B%E0%A5%81

महत्त्वपूर्ण: क्षयरोगबाट जोगिने सबैभन्दा राम्रो उपाय यो रोग लागेको व्यक्तिलाई उपचार गराउनु हो।

यी कुराले पनि मदत गर्न सक्छ:

क्षयरोग लागेको व्यक्तिसँग बस्‍नेहरू वा दुई हप्ता वा सोभन्दा लामो समय खोकी लागेकाहरूलाई टि.बी -को परीक्षण गराउन प्रोत्साहन दिनुहोस्।

स्वस्थ शिशु र बच्चाहरूलाई डरलाग्दो प्रकारको टि.बि. -बाट जोगाउन बि.सि.जि खोप लगाउनुपर्छ। तर एच.आइ.भि/ए़ड्स लागेका बच्चाहरूलाई बि.सि.जि खोप दिन मिल्दैन।

क्षयरोग लागेको वा खोक्दा खकारमा रगत देखिएको व्यक्तिबाट टाढा बस्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011607