खानामा किटाणुहरू फैलनदेखि कसरी रोक्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A4%BE%E0%A4%AE%E0%A4%BE_%E0%A4%95%E0%A4%BF%E0%A4%9F%E0%A4%BE%E0%A4%A3%E0%A5%81%E0%A4%B9%E0%A4%B0%E0%A5%82_%E0%A4%AB%E0%A5%88%E0%A4%B2%E0%A4%A8%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

  • खाना पकाउनुअघि, खानुअघि र आफ्नो बच्चालाई खुवाउनुअघि आफ्नो हात
 साबुन पानीले राम्ररी धुनुहोस्। हात धुँदा रोग फैलिन पाउँदैन। धोइसकेको हात 
 पुछ्नको लागि विशेषगरि हातको लागि छुट्याइएको सफा टालो राख्नुहोस्। 
 उक्त टालोलाई समय-समयमा धुनुहोस् र घाममा सुकाउनुहोस्। अथवा आफ्नो 
 हात हावामा हल्लाएर सुख्खा पार्नुहोस्। 
  • काँचै खाइने फलफुल तथा तरकारीहरूलाई धुनुहोस् वा खुर्किनुहोस्।
  • काँचै खान सकिने खानेकुरा र काँचो मासु, कुखुराको मासु वा माछालाई
 छ्यासमिस हुन नदिनुहोस्। मासु काटिसकेपछि सधैं आफ्नो हात, चक्कु र 
 कटिङ बोर्ड धुनुहोस्। 
  • खानामा तपाईंको राल वा थुकको छिटा नपरोस् भनेर खाना नजिक नखोक्नुहोस्,
 नथुक्नुहोस, च्वीङगम वा सुपारी नचपाउनुहोस्।
  • जनावरलाई भाँडा वा थालहरू चाट्न नदिनुहोस्। यदि सम्भव छ भने
 जनावरहरूलाई भान्छा कोठाबाट टाढै राख्नुहोस्।
  • खाना बिग्रेको छ भने फ्याँकिदिनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010120