खुट्टा सुन्‍निन नदिन के गर्न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%96%E0%A5%81%E0%A4%9F%E0%A5%8D%E0%A4%9F%E0%A4%BE_%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%A8_%E0%A4%A8%E0%A4%A6%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

गर्भावस्थामा खुट्टा सुन्‍निनु सामान्य हो – विशेषगरि दिनभरि उठ्नुपर्ने महिलाहरूमा यस्तो हुनु सामान्य हो।

यसो हुन नदिन के गर्ने?

  • दिनमा मौका मिल्छ भने खुट्टालाई सक्दो माथि राख्‍ने प्रयास गर्नुहोस्।
  • आराम गर्दा बाँयातिर पल्टिने गर्नुहोस्।
  • खुट्टा धेरै सुन्‍नेको छ वा बिहान उठ्ने बित्तिकै पनि सुन्‍नेको अवस्थामा छ वा हात
 र मुख पनि धेरै सुन्‍निएको छ भने गर्भावस्थामा यो खतराको संकेत हो। 
 स्वास्थ्यकर्मीलाई भेट्नुहोस् वा अस्पताल जानुहोस्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010715