घरको सरसफाइले कसरी रोगबिमारबाट जोगाउँछ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%98%E0%A4%B0%E0%A4%95%E0%A5%8B_%E0%A4%B8%E0%A4%B0%E0%A4%B8%E0%A4%AB%E0%A4%BE%E0%A4%87%E0%A4%B2%E0%A5%87_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%B0%E0%A5%8B%E0%A4%97%E0%A4%AC%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BE%E0%A4%89%E0%A4%81%E0%A4%9B

परिवारका सदस्यहरू एक अर्काको नजिक हुने भएकोले पुरै परिवारमा सजिलै किटाणु र रोगविमार फैलिन सक्छ।

परिवारले निम्‍न कुराहरूमा ध्यान दिएमा बिरामी पर्ने सम्भावना कम हुन्छ:

  • भाँडाहरू प्रयोग गरिसकेपछि त्यसलाई साबुन (वा सफा खरानी) र सफा पानीले
 राम्ररी धुने। यदि सम्भव छ भने भाँडालाई घाममा सुक्न दिनुहोस् (सुर्यको 
 प्रकाशले रोग फैलाउने थुप्रै किटाणुहरू नष्‍ट गर्छ)। 
  • बस्‍ने ठाउँ समय-समयमा सफा गर्नुहोस्। भुँइ, भित्ता र फर्निचरमुनि बढार्नुहोस् र
 पुछ्नुहोस्। भित्ता अनि भुँइ चर्केको छ भने त्यसलाई राम्ररी टाल्नुहोस्। किनभने 
 त्यस्तो ठाउँमा साङ्ला, उडुस र बिच्छीहरू लुक्न सक्छन्। 
  • परजीवी र किराहरू मार्न ओछ्यान वा बेडलाई घाममा राख्नुहोस्।
  • भुँइमा नथुक्नुहोस्। खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो मुख पाखुरा वा कपडा वा
  रुमालले छोप्‍नुहोस्। त्यसपछि, सम्भव छ भने हात धुनुहोस्।
  • दिशा-पिसाब गर्दा रोग फैलिन नदिनेगरि गर्नुहोस्। जथाभावी दिशा पिसाब
 नगर्नुहोस्। आफ्नो बच्चाहरूलाई शौचालय प्रयोग गर्न अथवा दिशा गरिसकेपछि 
 त्यसलाई पुर्न वा घरदेखि वा पिउने पानी भएको ठाउँदेखि टाढा गएर दिशा- 
 पिसाब गर्न सिकाउनुहोस्। यदि बच्चा वा जनावरले घर नजिकै दिशा गर्‍यो भने 
 त्यसलाई तुरुन्तै सफा गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010112