निमोनियाबाट जोगिन के गर्नुपर्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%A8%E0%A4%BF%E0%A4%AE%E0%A5%8B%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%AC%E0%A4%BE%E0%A4%9F_%E0%A4%9C%E0%A5%8B%E0%A4%97%E0%A4%BF%E0%A4%A8_%E0%A4%95%E0%A5%87_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%81%E0%A4%AA%E0%A4%B0%E0%A5%8D%E0%A4%9B

निमोनिया हुन नदिन शिशुहरूले पहिलो ६ महिना आमाको दूध मात्र पिउनुपर्छ र सबै बच्चाहरूलाई पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ र सबै खोप लगाएको छ कि छैन पक्का गर्नुपर्छ।

स्तनपानले शिशुहरूलाई निमोनिया र अरू रोगहरू लाग्‍नबाट जोगाउँछ। शिशुको जीवनकालको पहिलो ६ महिनामा तिनले आमाको दूध मात्र खाएको हुनुपर्छ।

छैठौं महिनापछि शिशुले अरू विभिन्‍न प्रकारका स्वास्थ खानेकुरा खानुपर्छ र साथसाथै आमाको दूध पनि खानुपर्छ। यसो गर्दा स्वस्थ रहन तिनलाई आवश्यक पोषणतत्व दिन सकिन्छ र स्वासप्रस्वासको संक्रमण र अन्य रोगबाट जोगाउन सकिन्छ। स्वस्थकर खानेकुराहरू जस्तै, फलफुल र तरकारी (हरियो सागपात), कलेजो, रातो पाल्म तेल, दूग्ध सामग्री, माछा र अण्डा हुन्।

सफा पानी पिउनाले र सरसफाईमा ध्यान दिनाले स्वासप्रस्वासले हुने थुप्रै रोगबाट जोगिन सकिन्छ। साथै, झाडापखाला जस्ता अन्य रोगबाट बच्‍न सकिन्छ। सरसफाइमा ध्यान दिने भन्‍नाले तरकारी र फलफुल राम्ररी धुने, काटकुट गर्ने ठाउँ सफा राख्‍ने र हात साबुन पानी वा खरानी पानीले धुने आदि।

हरेक बच्चालाई सुझाव दिइएअनुसारै पूरै खोपहरू लगाउनु पर्छ। बच्चाहरूलाई सुरू-सुरूतिर सुरक्षा दिन गाह्रो हुन्छ। पहिलो वर्षमा खोप लगाइन्छ अनि दोस्रो वर्ष तिनीहरूको लागि धेरै महत्त्वपूर्ण हुन्छ। त्यसपछि बच्चाहरू दादुरा, लहरे खोकी, क्षयरोग र अरू स्वासप्रस्वास सम्बन्धी रोगहरूबाट जोगिन सक्छन्। यी रोगहरूले निमोनिया गराउँछ।

बुबाआमा र बच्चाको स्याहारसुसार गर्नेहरूले केटा र केटी दुवैले बराबर थरीथरीका र स्वस्थकर खानेकुरा पाइरहेका छन कि छैनन् पक्का गर्नुहोस्। साथै, सबै खोप पाएका छन् कि छैनन् भनेर पनि पक्का गर्नुपर्छ। स्वास्थकर्मीहरूले आमाबुबा र अरू स्याहारसुसार गर्नेहरूलाई स्वस्थकर खानेकुरा, सरसफाई र खोपहरूबारे जानकारी दिनुपर्छ। साथै, निमोनिया र अरू रोगहरूबाट कसरी बच्‍न सक्छन् भनेर पनि बताउनु राम्रो हुन्छ।

यदि बच्चाहरू वरपर धुँवा आउने वातावरणमा बस्छन् भने तिनीहरूलाई निमोनिया र अरू स्वासप्रस्वासका समस्याहरू हुन सक्छन्। धुँवाले बच्चाहरूलाई हानी गर्छ र तिनीहरू गर्भमै हुँदा पनि असर गर्न सक्छ। गर्भवतीले चुरोट पिउनु हुँदैन वा घुँवा उडेको ठाउँमा बस्‍नु हुँदैन। धेरै धुँवा भएको भान्सा र खाना पकाउन दाउरा बालेको ठाउँबाट शिशुहरूलाई टाढै लग्‍नुहोस्। वयस्कहरूलाई चुरोट नपिउन प्रोत्साहन दिनुपर्छ र तिनका साथीहरूलाई खतराबारे सतर्क गराउनुपर्छ।

चुरोट पिउँदै गरेको मानिसको नजिक बसेकाहरू अझ धेरै खतरामा हुन्छन्, विशेषगरि साना बच्चाहरू। चुरोट, पाइप वा सिगार निभाइसकेपछि पनि यसको धुँवा घण्टौं सम्म हावामा बसिरहन्छ। चुरोट नपिउनेहरू जसले यो धुँवा निल्छन्, तिनीहरूलाई स्वासप्रस्वास प्रणालीमा संक्रमण, आस्थ्मा र क्यान्सर हुने सम्भावना धेरै हुन्छ।


Sources