बेरीबेरी भनेको के हो
From Audiopedia - Accessible Learning for All
QR for this page
थाएमाइन (भिटामिन बि-को एउटा प्रकार) भनिने भिटामिनको कमीले गर्दा बेरीबेरी भन्ने रोग लाग्छ। यस भिटामिनले खानालाई शक्तिमा परिणत गर्न मदत गर्छ। रक्तअल्पता जस्तै बेरीबेरी पनि महिलाहरूमा यौनावस्थादेखि महिनावारी रोकिने समयावधिमा देखापर्छ। साथै, तिनीहरूका बच्चाहरूमा पनि यो रोग देखिन्छ।
प्रायजसो मुख्य खानेकुरा तयार गर्ने अन्नको चोकर निकालिन्छ (उदाहरणको लागि पालिस गरिएको चामल) भने बेरीबेरी रोग लाग्ने सम्भावना धेरै हुन्छ। साथै, कसावा जस्तै माड भएको जरा मुख्य खानाको रुपमा खाइन्छ भने यो रोग लाग्ने सम्भावना धेरै हुन्छ।
बेरीबरीका लक्षणहरू के हुन्?