स्वास्थ्य परिवार काम

मूत्र प्रणालीको सामान्य समस्याहरू के-के हुन्?

मूत्र प्रणाली संक्रमण मुख्य दुई प्रकारका छन्। दुईमध्ये मूत्राशय संक्रमण चाहीं सबै भन्दा सामान्य हो र यसको उपचार गर्न पनि सजिलो छ। मृगौला संक्रमण चाहीं अत्यन्त गम्भीर छ। यसले मृगौलालाई स्थायी रुपमै क्षति गर्न सक्छ र यसको कारणले मृत्यु समेत हुन सक्छ।

मूत्र प्रणालीको यो संक्रमण कुनै पनि उमेर का महिला वा युवती अथवा एउटा सानो बच्चालाई पनि हुन सक्छ।