योनी खुम्च्याउने व्यायामको अभ्यास कसरी गर्ने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%AF%E0%A5%8B%E0%A4%A8%E0%A5%80_%E0%A4%96%E0%A5%81%E0%A4%AE%E0%A5%8D%E0%A4%9A%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87_%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AF%E0%A4%BE%E0%A4%AE%E0%A4%95%E0%A5%8B_%E0%A4%85%E0%A4%AD%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%87

छिन-छिनमा पिसाब फेर्नु पर्ने वा पिसाब चुहिने समस्या छ भने यस व्यायामले कमजोर माशंपेशीलाई बलियो बनाउँछ। पहिला पिसाब फेर्दा अभ्यास गर्नुहोस्। पिसाब निस्कने बित्तिकै योनीको माशंपेशी बेस्सरी खुम्च्याउनुहोस् र पिसाबलाई रोक्नुहोस्।

दशसम्म गन्‍नुहोस्, त्यसपछि माशंपेशीलाई हल्का बनाउनुहोस् र पिसाबलाई निस्कन दिनुहोस्। पिसाब फेर्दा यो प्रक्रिया पटक-पटक गर्नुहोस्। कसरी गर्ने भनेर थाह पाएपछि दिनको अरू समयमा योनीको माशंपेशी खुम्च्याउने अभ्यास गर्नुहोस्। तपाईंले यस्तो अभ्यास गरेको कसैले देख्‍न सक्दैन। दिनमा कमसेकम चार पटक माशंपेशीलाई ५ देखि १० पटकसम्म खुम्च्यादै छोड्दै गरेर अभ्यास गर्नुहोस्।

केही महिलाहरूको पिसाब चुहिने समस्याको लागि शल्यक्रिया गर्नुपर्ने पनि हुन सक्छ। तपाईंको पिसाब धेरै चुहिरहन्छ र यस व्यायामले मदत गर्दैन भने स्त्रीरोग सम्बन्धी तालिम पाएका स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्। योनीको माशंपेशी खुम्च्याउने व्यायाम सँधै गर्नु प्राय सबै महिलालाई राम्रो हुन्छ। यसले माशंपेशीलाई बलियो बनाउँछ र भविष्यमा आउने समस्याबाट यसले जोगाउँछ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010706