राम्रो खानेकुरा कसरी छान्‍न सकिन्छ

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%B0%E0%A4%BE%E0%A4%AE%E0%A5%8D%E0%A4%B0%E0%A5%8B_%E0%A4%96%E0%A4%BE%E0%A4%A8%E0%A5%87%E0%A4%95%E0%A5%81%E0%A4%B0%E0%A4%BE_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%9B%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E2%80%8D%E0%A4%A8_%E0%A4%B8%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%9B

कहिलेकाहीं खानेकुरा पकाउनुअघि वा राख्‍नु अघि नै त्यो बिग्रिसकेको हुन्छ। त्यसैले खानेकुरा छान्दा यी कुराहरू याद गर्नुपर्छ।

ताजा खानेकुरा (काँचो) तल बताइएको जस्तो हुनुपर्छ:

  • ताजा अनि मौसम अनुसारको हुनुपर्छ।
  • पूरै भाग हुनुपर्छ - चोट लागेको, बिग्रेको वा किराले खाएको हुनु हुँदैन।
  • सफा (फोहर हुनुहुँदैन) हुनुपर्छ।
  • ताजा बास्‍ना आउनुपर्छ (विषेशगरि माछा, सिपी किरा अनि मासुको बास्‍ना कडा
 हुनु हुँदैन)।

प्रशोधन गरिएका (पकाइएका वा प्याक गरिएका) खानेकुरा यसरी राख्‍नुपर्छ:

  • टिनको भाँडो नयाँ देखिनुपर्छ (खिया लागेको, फुलेको वा केरिएको हुनुहुँदैन)
  • जारको बिर्को सफा हुनुपर्छ।
  • बोतल फुटेको हुनुहुँदैन।
  • प्याकेट सग्लैु हुनुपर्छ, च्यातिएको हुनुहुँदैन।

माछाको गन्ध कडा छ र क्यान फुलेको छ भने उक्त खानेकुरा बिग्रिसकेको छ भनेर थाहा पाउन सकिन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010123