लागू पदार्थ र रक्सी देखि कसरी अलग हुने

From Audiopedia - Accessible Learning for All
Jump to: navigation, search
QR for this page

https://www.audiopedia.org/%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A5%82_%E0%A4%AA%E0%A4%A6%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5_%E0%A4%B0_%E0%A4%B0%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A5%80_%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF_%E0%A4%95%E0%A4%B8%E0%A4%B0%E0%A5%80_%E0%A4%85%E0%A4%B2%E0%A4%97_%E0%A4%B9%E0%A5%81%E0%A4%A8%E0%A5%87

कुलत त्यागेका व्यक्तिले फेरि समस्यामा नफस्‍न आफू कसरी रक्सी र लागू पदार्थबाट अलग रहन सक्छु भन्‍ने कुरा सिक्नु धेरै महत्त्वपूर्ण छ। सबैभन्दा राम्रो तरिका जीवनमा आउने समस्या फिक्रिसित लड्ने तरिका सिक्नु हो। यसो गर्नु सजिलो छैन र यसमा सफल हुन धेरै समय लाग्‍न सक्छ।

रक्सी र लागू पदार्थमा फसेका महिला आफूलाई निर्बल र लज्‍जित महसुस गर्छन्। आफ्नो जीवन सुधार्नको लागि राम्रा परिवर्तनहरू गर्न उनी सक्षम छिन भनेर बुझ्‍नुपर्छ। एउटा तरिका भनेको स-साना परिवर्तनहरू गर्दै सुरुवात गर्नु हो। यसो गर्दा तिनी समस्यासित लड्न सक्षम छिन् भनेर आफूलाई र अरूलाई प्रमाणित गरेर देखाउन सक्छिन्।

समस्यासित लड्ने क्षमता विकास गर्न मदत दिने केही तरिका:

  • रक्सी सेवन गर्न छाडेपछि सक्दो चाँडै प्रशस्त प्रोटिन, भिटामिन र खनिज भएको खानेकुरा खानुपर्छ। यी खानेकुराले शरीरलाई आफै निको हुन मदत दिन्छ: कलेजो, खमिर, ननिफनेको गहुँको रोटी वा अरू अन्‍नको रोटी, गेडागुडी र गाढा हरियो रङ्गको तरकारी। तपाईं खानेकुरा खान सक्नुहुन्‍न भने भिटामिन खाँदा मदत पाउन सक्नुहुन्छ। फोलिक एसिड भएको मल्टिभिटामिन वा बि-कम्प्लेक्स भिटामिन खानुहोस्।
  • तपाईंको नजिकको मदत दिने व्यक्तिहरूको समूह बनाउँनुहोस् र आवश्यक परेको बेला मदत माग्‍नुहोस्। अरूसित बोल्दा र सँगै काम गर्दा समस्याबारे सोच्‍न र त्यसलाई सुल्झाउन सजिलो हुन्छ।
  • सबै एकै पटकमा नभई एक-एक गरेर समस्या सुल्झाउने प्रयास गर्नुहोस्। यस्तो कदमले समस्या सामना गर्नै नसक्ने जस्तो ठूलो देखिंदैन।
  • तपाईंलाई चिन्ता लागेको वा मन खिन्‍न भएको, दुःखी भएको वा रिस उठेको कुराबारे आफ्नो साथी वा तपाईंले भरोसा गर्ने व्यक्तिलाई बताउनुहोस्। यसो गर्दा तपाईंलाई किन यस्तो महसुस भयो र कसरी राम्रो महसुस गर्न सकिन्छ भनेर बुझ्‍न सक्नुहुनेछ।
  • तपाईंको समाजलाई सुधार्न कुनै परियोजनामा अरूहरूसँगै काम गर्नुहोस्। यसो गर्दा परिवर्तनको लागि के गर्नुपर्छ भन्‍ने ज्ञान आफूमा छ भन्‍ने कुरा तपाईं आफैलाई र अरूलाई प्रमाणित गर्छ। यसले आफूलाई व्यक्तिगत रुपमा परिवर्तन गर्न मदत गर्छ भन्‍ने कुरा पनि थाह पाउनुहुनेछ।
  • रक्सी र लागू पदार्थ त्याग्‍न मेहनत गर्दै गरेकाहरूसित नियमित रूपमा भेट्नुहोस्।
  • आफूलाई पिउन वा लागू पदार्थ सेवन गर्न दबाव महसुस हुने ठाउँमा नजानुहोस्। लागू पदार्थ र रक्सीको प्रयोग नगरिने सामाजिक कार्यक्रमहरू गर्न अरूसँगै काम गर्नुहोस्।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010314